सभालाई सम्बाेधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीकाठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
शुक्रबार दरबारमार्गमा जागरण सभा गर्दा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरेको हो ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।


























