
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण स्वीकृत गर्ने तयारी भइरहेको छ ।
चीन भ्रमणकै विषयमा निर्णय लिन ओलीले आज (सोमबार) साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने छन् ।
प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गते चीन भ्रमणमा जाने तयारी गरेका छन् । आजको मन्त्रिपरिषद्ले उक्त भ्रमण स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसमेत गर्ने सम्भावना छ । ओलीले आजै पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग चीन भ्रमणका विषयमा छलफल गरेका थिए ।

























