
काठमाडौं । मानव तस्करीको आरोपमा अनुसन्धानमा तानिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी सोमबार साँझ हिरासतमुक्त भएका छन् ।
तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीविरुद्ध मुद्दा चल्ने निर्णय जिल्ला सरकारी वकिल कार्यालयले गरेको थियो । विवादास्पद जापान भ्रमणका कारण उनले मन्त्री पद पनि गुमाउनु पर्यो ।
आफ्नै पार्टी नेकपा (एमाले)ले कारबाही गरेको छ । मानव तस्करीको आरोप लागेपछि अनुसन्धानका क्रमममा हिरासतमा समेत बस्नुपर्ने अवस्था आयो । २ साताजति हिरासतमा बसेपछि सरकारी वकिल कार्यालयले प्रमाण फेला नपरेको भन्दै उनीविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको हो ।
मानव तस्करी प्रकरण : कोशीका तत्कालीन मन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

























