
विराटनगर । विराटनगर महानगरपालिकाका २ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रोटरी क्लब अफ विराटनगरले आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ ।
‘आधारभूत कम्प्युटर शिक्षाको माध्यमबाट समुदायलाई सशक्त बनाउँदै’ भन्ने मूला नाराका साथ दोस्रो चरणको तालिम प्रदान गरेको क्लबका अध्यक्ष मनोजविक्रम शाहले जानकारी दिए ।
विराटनगरका आदर्श बालिका माध्यमिक विद्यालय र श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई तालिम लिएका थिए । करिब २ महिनासम्म सञ्चालन भएको तालिममा उनीहरुलाई आधारभूत हार्डवेयर र सफ्टवेयरको तालिम प्रदान गरिएको थियो ।
स्थानीय समुदाय, विशेषगरी युवा विद्यार्थीलाई सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट विद्यार्थीहरुले धेरै ज्ञान प्राप्त गरेको बताइएको छ ।
क्लबका अध्यक्ष शाहले आधुनिक शिक्षा प्रणालीलाई आत्मसाथ गर्न सके मात्र आउने दिनमा विद्यार्थीहरूको भविष्य सुनिश्चित हुने बताए । उनले सोही विश्वासका साथ आफ्नो कार्यलाई निरन्तरता दिने र युवाहरूलाई सशक्तीकरण गर्न क्लबले भविष्यमा यस्तो आयोजना गर्न प्रतिवद्ध व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, क्लबका पदाधिकरीहरुको उपस्थितिमा भएको समापना कार्यक्रममा विद्यार्थीहरुलाई कम्प्युटर आधारभूत पुस्तकसहित प्रमाणपत्र विराटनगर महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद ढुंगेललगायत क्लबका पदाधिकारीहरुले विद्यार्थीलाई प्रदान गरे ।

























