
विराटनगर । स्थानीय तहको जारी उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।
ग्रामथान–६ को पब्लिक मावि मतदान केन्द्रमा १०४ वर्षीया कलकतनीदेवी खवासले मतदान गरेको नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले जानकारी दिए । वृद्धाले मतदान गरेको कुराले उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।
पब्लिक मावि मतदान केन्द्रबाट अहिलेसम्म २ हजार ३ सय बढी मत खसिसकेको छ । मोरङमा अहिलेसम्म ६३ प्रतिशत मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ग्रामथानमा १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान जारी छ । जम्मा मतदाता २६ हजार ४४ छन् ।
























