लिलाबल्लभ अधिकारीविरुद्धको रिट दरपीठ

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १६:३६

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको रिट दरपीठ गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गर्न खोजेको रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो । त्रिपाठीले अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित रिट दायर गर्न खोजेका थिए ।

विवादास्पद हिसाबले जापान भ्रमणमा गएका अधिकारीमाथि मानव तस्करीको आरोप लागेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरिदियो ।

अधिकारीविरुद्धको रिट दर्ता नगरिकन त्रिपाठीलाई त्यत्तिकै फर्काइदिएको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले निवेदन दर्ता नगर्ने आदेश गरेका हुन् ।

सरकारी वकिल र महान्यायाधीवक्तालाई कुनै मुद्दा दर्ता गर्ने वा नगर्ने संवैधानिक अधिकार सुनिश्चित भएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा आउन नमिल्ने भनी रजिष्ट्रार पोखरेलले रिट दरपीठ गरिदिएका छन् । दरपीठ आदेश चित्त नबुझेमा त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिन पाउने व्यवस्था छ ।

अधिकारी जोडिएको घटनामा ११ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । मुद्दा दर्ता गरिएकामध्ये ३ जना अझैसम्म फरार छन् । पक्राउ परेका अरु अदालतको आदेशबाट छुटिसकेका छन् ।

मानव तस्करी प्रकरण : कोशीका तत्कालीन मन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.