
जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका– २ मा नेकपा एमालेका उम्मेदवार सकिवुल खाँ विजयी भएका छन् । उनी ६ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनको निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ५ सय ३४ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ ले २ सय ८४ र जनता समाजवादी पार्टीका नजामुदिन खानले ३८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जनाएको छ ।
यसअघि निर्वाचन माओवादी केन्द्रका मुकेश कुमार यादव निर्वाचित भएका थिए ।
मोटरसाइकल दुर्घटना उनको मृत्यु भएपछि उपनिर्वाचनमा उनकी आइतीकुमारीले उम्मेदवारी दिएका थिइन् ।

























