
दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।
एमाले उम्मेदवार जंगबहादुर शाही ३ हजार १ सय २७ मत ल्याएर निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६ सय ७५ मत ल्याए ।
नेकपा (एकीकृत समाजवादी)बाट उपनिर्वाचनअघि एमाले प्रवेश गरेपछि उनले टिकट पाएका थिए । शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवं दैलेख जिल्ला अध्यक्ष थिए ।
उनी २०७४ सालमा पनि एमालेबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पार्टी विभान भएसँगै उनी एकीकृत समाजवादीमा लागेका हुन् ।

























