
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
संविधानसभा सदस्य भण्डारी आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त हुँदैछन् । मानव तस्करी प्रकरणमा मुछिएर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली थियो ।
भण्डारीको शपथ आज ५ः३० बजे गर्ने तयारी छ । भण्डारीले पनि शपथग्रहण रहेको जानकारी दिए । ‘ नियुक्तीको प्रक्रियामा छ,’ उनले भने,‘ ५ः३० बजे शपथ ग्रहणको तयारी छ ।’
कोशीमा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् । नेपाली कांग्रेसको डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका छन् ।
कोइराला पक्षले नाम नदिएका कारण स्वास्थ्य मन्त्रीबाहेक आज एक जनाको मात्रै शपथग्रहण हुने बताइएको छ ।

























