जिम्मेवार बनुन् निर्वाचित जनप्रतिनिधि

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार १६:३६

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । अनि, जनप्रतिनिधि जनताका सच्चा अभिभावक हुन् । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेकै बेला नवनिर्वाचित जनप्रतिनिधिहरूका चुनौतीको पनि चर्चा हुन थालेको छ । के उनीहरूले अब अभिभावकको जिम्मेवारी पुरा गर्लान् त ? प्रश्न यत्रतत्र छ ।

अहिले निर्वाचित जनप्रतिनिधिमा उत्साहसँगै काम गर्ने दृढ संकल्प देखिएको छ । तर, उनीहरूका चुनौती पनि कम छैनन् । हालसम्म निर्वाचित जनप्रतिनिधिको कामलाई नजिकबाट केलाएका मतदाताले योबीचमा नै उनीहरूलाई छान्ने मौका पाएका हुन् । अनि, निर्वाचित जनप्रतिनिधिले पनि स्थानीयतहका तीता–मिठा क्षण देखेकै छन् । अब उनीहरूले यी देखिएका समस्या भित्र छिरेर काम गर्नुपर्नेछ । बितेका समयमा आफूले सोचेजस्तो विकास नभएको गुनासो मतदाताको छ । यो अवस्थामा नवनिर्वाचित जनप्रतिनिधिहरूले कसरी काम गर्नुपर्छ त ? पक्कै सोचेकै हुनुपर्छ ।

चुनौती र समस्या हल गर्न जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी आएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा धेरै र नयाँ काम गर्नुपर्ने दायित्व जनप्रतिनिधिहरूको छ । योसँगै स्थानीय स्तरमा देखिएको बेरोजगारी समस्या समाधान गर्नुपर्ने अर्को समस्या छ । यसलाई नै मूल नारा बनाएर अहिलेका जनप्रतिनिधिले पनि चुनाव जितेका हुन् । अब यो नारामा सीमित बन्नु हुँदैन । काम नै गरेर देखाउने समय आएको छ ।

संवैधानिक व्यवस्था अनुसार धेरै स्थानीय तहले ऐन नियम बनाउन सकेका छैनन् । यो नै अबका जनप्रतिनिधिको सबैभन्दा ठूलो चुनौती हो । स्थानीय तहलाई सबल बनाउन आवधिक योजना र योजना बैंक बनाइ अघि बढ्नुपर्ने टड्कारो आवश्यकता छ । उत्पादन र उपभोक्ताबीचको सम्बन्ध सुदृढ बनाइ बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्नसमेत स्थानीय सरकारले नियमनलाई प्रभावकारी बनाउन आवश्यक छ ।

रोजगारी नहुँदा गाउँमा युवाको उपस्थिति न्यून हुँदै गएको छ । तर, पनि युवाको समुचित विकास, आर्थिक सामाजिक क्षेत्रलाई स्थानीय सरकारले ध्यान दिन सकेको छैन । स्वदेशमा रोजगारीको अवसर नहुँदा धेरै युवा कामको सिलसिलामा विदेशिन बाध्य छन् । नवनिर्वाचित जनप्रतिनिधि माझ स्तरयुक्त र प्राविधिक शिक्षा, रोजगारीका अवसर सिर्जना गर्न मात्र होइन युवा शसक्तीकरण, उद्यमशीलता विकास जस्ता कामलाई तीव्र बनाउन चुनौती छन् ।

नागरिकका अपेक्षा धेरै छन् । सबै अपेक्षा सम्बोधन गर्न सक्ने अवस्था नभए पनि आफूसँग भएको स्रोत साधनको सही व्यवस्थापन गरी नागरिकलाई सन्तुष्ट पारेर स्थानीय सरकारप्रतिको विश्वास बढाउनु नै नवनिर्वाचित जनप्रतिनिधिका लागि चुनौती हो ।

जनतालाई उत्साही बनाउँदै नयाँ पहिचानका साथ अघि बढ्न सक्ने क्षमता निर्वाचित जनप्रतिनिधिले राख्न सक्नुपर्छ । लाभको एजेन्डालाई प्राथमिकता दिएर परिवर्तनको एजेन्डालाई ओझेलमा नपार्ने प्रणका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।

पारिवारिक बन्धनबाट माथि उठेर जनसमुदायको हितमा काम गर्ने, आदर्श, इमानदारी र नैतिकताको राजनीतिमा अडिएर काम गर्नुपर्छ । प्रशंसनीय र योग्य काम गरेर उदाहरणीय व्यक्तित्वका रूपमा पहिचान बनाउँदै सही निर्णय लिने र निर्णयको अन्त्यसम्म अडिन सक्ने क्षमताको विकास गर्नुपर्छ । जनप्रतिनिधिका यस अघिका आश्वासन र घोषणापत्र सबै कार्यान्वयनमा आउन्, शुभकामना ।

तपाइको प्रतिक्रिया
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×