
विराटनगर । नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेकाे प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेका छन् ।
प्रमुख सचेतककाे जिम्मेवारीमा रहेका रेवतिरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछि प्रमुख सचेतकमा लिङ्थेपलाई नियुक्त गरेका हुन् ।
लिङ्थेप संखुवासभा निर्वाचित प्रदेश सांसद हुन् ।

























