चितवनमा रवि लामिछानेको बयान जारी

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १४:३१

चितवन । सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार चितवन लगिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनको जिल्ला सरकारी सरकारी वकिलको कार्यालय चितवनमा बयान जारी छ । लामिछानेलाई काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत चितवन लगेर बयानका लागि सरकारी वकिलको कार्यालय पुर्याएको थियो ।

चितवनमा साहारा सहकारीको रकम अपचलनमा पनि लामिछाने जोडिएका छन् । साहाराबाट ४२ करोड रकम विभिन्न ५ वटा कम्पनीमा गएको प्रहरीले जनाएको छ । १० करोड ८० लाख गोर्खा मिडिया नेटवर्कमा गएको थियो ।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको आरोपमा समेत बयान लिइसकिएको छ । उनलाई चितवन पुर्याएपछि समर्थकले नाराबाजी र प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

पीडितहरुले लामिछानेसहित १० जनाविरुद्ध मंसिर ५ गते चितवन प्रहरीमा पुरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनबाट पक्राउ पुर्जी जारी भएको थियो । चितवन लामिछानेको निर्वाचन क्षेत्र भएको जिल्ला पनि हो ।

साहाराकै रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रा.लिका रामबहादुर खनालसँग बयान लिइसकिएको छ । उनीहरुसँग आइतबार र सोमबार बयान लिइएको हो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.