नेपालको विकासमा चीनको दरिलो साथ छ : प्रधानमन्त्री

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १९, बुधबार १२:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासमा चीनको दरिलो साथ रहेको उल्लेख गरेका छन् ।

उनले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) बाट नेपालले लाभ लिनसक्ने बताए । ओली अहिले चीनको औपचारिक भ्रमणमा छन् । पेकिङ विश्वविद्यालयमा बुधबार सम्बोधन गर्दै उनले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भइरहेको बताए ।

चीनका राष्ट्रपति सी चिनफिङको दूरदर्शी नेतृत्वमा सुरू भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास ओलीले व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए।

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा योगदान दिनसक्ने बताए । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो ।

प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले मंगलबार आफ्ना समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने क्रममा नेपाल र चीनबीच ९ वटा सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री लीसँगको भेटपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका थिए। उनले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेट गरेका छन् ।

चिनियाँ समकक्षी लीको निमन्त्रणमा औपचारिक चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोमबार बेइजिङ गएका हुन् । औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली मंसिर २० गते बिहीबार स्वदेश फर्किने छन् ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.