
विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले सभ्य समाज निर्माणका लागि धर्म संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाले निर्माण गरेको भगवान गणेशको मूर्तिको प्राण प्रतिष्ठा गर्दै डाक्टर कोइरालाले धर्म, संस्कृति मानिसलाई अनुशासनमा राख्ने र सभ्य समाज निर्माण हुने बताएका हुन् ।
धर्म, संस्कृति संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष शिवनारायण प्रधानले क्षयरोगीहरु अझै खुलेर उपचार गर्न नआएकाले पहिचान गर्न समस्या हुने गरेको बताए ।

























