जापान पढ्न जानेलाई निःशुल्क सेमिनार

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १८:३७

दमक । झापाको दमकमा सञ्चालित आध्या एजुकेसन प्रा.लि.ले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ ।

जापान गएर विभिन्न विषयमा ब्याचलर तथा मास्टर्स अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आध्या एजुकेसनले सेमिनार आयोजना गर्न लागेको हो । दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै कन्सल्टेन्सीले सेमिनारबारे जानकारी दिएको छ ।

सेमिनार मंसिर २२ गते शनिबार गर्न लागिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राकेश कर्णले बताए । उनले उच्च शिक्षा अध्ययनका निम्ति जापान जान चाहने विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक परामर्श एवं उचित मार्गदर्शन गर्ने उदेश्यका साथ सेमिनार आयोजना गर्न लागिएको जानकारी दिए ।

जापानको जापानीज भाषा कलेजका प्रतिनिधिसमेत रहेका धीरज कार्कीलाई सेमिनारको प्रशिक्षकको रुपमा आमन्त्रण गरिएको कर्णको भनाइ छ । कन्सल्टेन्सीका अनुसार सेमिनारमा विद्यार्थीहरुले जापानमा रहेका कलेज तथा विश्वविद्यालय, पढाइ हुने कोर्ष र जापानको जीवनशैलीलगायतका विषयमा विस्तृत रुपमा बुझ्ने अवसर पाउने छन् ।

सेमिनारमा विद्यार्थीहरुले जापानीज भाषा कलेजका प्रतिनिधिसँग समेत प्रत्यक्ष कुराकानी गरेर आफ्नो जिज्ञासा मेटाउन सक्ने बताइएको छ । सेमिनारमा सहभागी भएर उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई आध्या एजुकेसनले विशेष अफर समेत राखेको छ ।

अफरअन्तर्गत आध्या एजुकेसनमार्फत अध्ययनको आवेदन प्रक्रिया सुरु गर्ने पहिलो ५ जना विद्यार्थीहरुलाई शतप्रतिशत र दोश्रो ५ जना विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा जापानीज भाषा पढाइने कर्णले बताए । आध्याले जापानको साथै दक्षिण कोरिया, यूके, अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, डेनमार्क, न्यूजील्याण्ड, फिनल्याण्ड र यूरोपलगायतका मुलुकमा समेत उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.