प्रधानमन्त्री ओलीले राम्रो काम गर्दै हुनुहुन्छ : कांग्रेस सभापति देउवा

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २२, शनिबार १६:०२

विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरिरहेको बताएका छन् । स्थायित्वका लागि कांग्रेस एमालेको गठबन्धन बनेको बताउँदै उनले प्रधानमन्त्री ओलीले राम्रो काम गरेको बताए । ओलीजीसित हामीले  स्थायित्वका लागि सरकार बनाउनु परेको हो । दुई वटा पार्टी मिल्दा स्थायित्व हुन्छ,’उनले भने ।

उनले चीन भ्रमणमा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे । ‘ झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ उनले भने,‘ मित्र राष्ट्र चीनको भ्रमणका क्रममा निकै नै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ ।’

देउवाले कुनै देशबाट नेपालले ऋण नलिने बताए । उनले पार्टीलाई दह्रो बनाउनका लागि ग्रास रुटमा रहेर काम गर्नुपर्ने बताए ।

गगनलाई जवाफ : धेरै बोल्नेले आफूलाई सिध्याउँछन्

सभापति शेरबहादुर देउवाले महान्त्री गगन थापाप्रति लिक्षित गर्दै धेरै बाेल्नेले आफूलाई सिध्याउने बताएका छन् । सम्मेलनमा थापाले सभापति शेरबहादुर देउवालाई कम बोल्नु हुन्छ भन्दै सम्बाेधन गरेका थिए । जवाफमा देउवाले भने,‘बढी बोल्नेले आफुलाई सिध्याउँछ ।’ देउवाले यसो भन्दा हलमा हाँसो गुन्जिएको थियो । त्यसपछि देउवाले भने,‘मैले ठट्टा मात्रै गरेको ।’

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.