सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार ०८:१४

जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । जन्तीको रुपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन खुवाएर शनिबार बिदाइ गरी राम कलेवा गरिएको थियो ।

रामकलेवा गरिएसँगै साताव्यापी महोत्सव सम्पन्न भएको हो । शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो । हिजो शनिबार जानकी मन्दिर प्रांगणमा बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई मिष्टान भोजनसँगै गालीगीतले स्वागत गरियो ।

उनीहरुलाई दानदक्षिणासहित बिदाइ गरिएको छ । यो विधिलाई राम कलेवा भन्ने प्रचलन छ । विवाहपञ्चमी महोत्सव मंसिर १६ गतेदेखि सुरु भएको थियो ।

पहिलेदिन दिन नगरदर्शन, दोस्रोदिन फूलबारी लीला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन मटकोर, छैटौं दिन विवाहपञ्चमी मनाइयो । त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.