रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमहा जंगलमा मध्यराति साढे १२ बजेतिर सवारी दुर्घटनामा हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ५ जना घाइते भएका छन् ।
बाराको गढीमाई मेलाबाट सिरहा फर्किंदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको रौतहट प्रहरीले जनाएको छ ।
घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो भने घाइते ५ जनालाई पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी दीलिप घिमिरेले जानकारी दिए ।
मृतकहरू सिरहाको अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवदीदेवी महरा, ३० वर्षीया उर्मिलादेवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महंगीदेवी महरा, ६२ वर्षीया फुलबन्तीदेवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र स्कार्पियो चालक ४) वर्षीय शिवकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
गाडी तीव्र गतिमा रहेको स्कार्पियो जंगलको भित्र रुखमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।























