कोशी प्रदेश : पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २७, बिहीबार १६:०३

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रदेशकाे नाम काेशी राखेपछि असन्तुष्ट रहेका पहिचान पक्षधरले पुन आन्दाेलन सुरु गरेपछि बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई  छन् । वार्ता समितिको सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहनेछन् ।

बैठकपछि अन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले भने,‘प्रदेशमा उत्पन्न भएका र भविष्यमा उत्पन्न हुनसक्ने सामुदायिक, पहिचान वा जातिय वा अनेक खालका विषयहरु छन्, यी उठेका विषयहरुमा सम्बन्धित पक्षसँग बसेर संविधान र कानुनसंवत ढंगले छलफल सम्वाद र वार्ता मार्फत समाधान निकाल्नका निम्ती तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।’

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.