
विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पाएका छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई सरकारको प्रवक्ताको जिम्मेवारीमा थिए ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भण्डारीलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
तत्कालिन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि गत मंसिर १७ गते भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।

























