
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासनका लागि पत्रकारले भूमिका खेल्नु पर्ने बताएका छन् ।
विराटनगरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुले लोकतन्त्रको सुदृढीकरण र विधिको शासनका लागि मिडियाले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
सत्य र तथ्यका आधारमा पत्रकारहरुले राष्ट्रको पहरेदारी गर्नुपर्ने उनको भनाईछ । ‘अहिले नो नट अगेनका नाममा अनावश्यक रुपमा भ्रम फैलाउने काम भइरहेको छ, यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्छ,’ उनले भने ।

कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकार पत्रकारहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्धराज राईले राष्ट्रिय समाचार समितिले गरिरहेको कामका बारेमा जानकारी दिएका थिए ।

























