भौतिक पूर्वाधार मन्त्रीले १०० दिनमा के के गरे ?

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ७, आइतबार १७:३७

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले एक सय दिने प्रगति सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालय सम्हालेको एकसय दिने प्रगति सार्वजनिक गरेका हुन् ।

मन्त्री राइले नीतिगत सुधार गर्नुका साथै ‘जहाँ रुग्ण आयोजना त्यहाँ मन्त्री’ भन्ने नारा दिएर अपेक्षित प्रगति हुन नसकेका आयोजनाहरुको अनुगमन गरेको बताए । स्थलगत रुपमा सार्वजनिक सुनुवाई गरेर समस्या समाधान गरी आयोजनाहरुको काम सञ्चालन भैरहेको उनको भनाई छ ।

प्रदेश भित्र प्रयोग बिहीन अवस्थामा रहेका झोलुंगे पुललाई स्थान्तरण गर्ने प्रक्रिया पन सुरु गरेको बताए ।

प्रदेश सरकारका रणनीतिक सडक संजाल पहिचान र वर्गीकरणका लागि प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार प्रादेशिक सहायक लोकमार्ग अन्तरगत ९६ वटा सडक (३१६३.५८ किलोमिटर) र प्रादेशिक मार्ग २८९ वटा (५८१५.५० किलोमिटर) सडक प्रादेशिक सडक सञ्जाल सूची तयार गरी सोही अनुसार निर्माण गर्ने बताए ।

कोशी प्रदेश सरकारको महत्वपूर्ण आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टरलाई प्रदेश सरकारको बजेटले मात्र सञ्चालन गर्न कठिन भएकोले नीजि क्षेत्रलाई हस्तान्तरण गर्न प्रदेश लगानी सम्मेलन २०८१ को आयोजना सोकेशमा राख्ने मन्त्रीपरिषदले निर्णय गरेको उनले बताए ।

अनुगमनपछि धरान जोड्ने दुई सडक कालोपत्रे गर्ने कार्य अगाडि बढेको उनले बताए । प्रदेश सरकारको सबै भन्दा लामो सडक पुल खोटाङ जिल्ला जन्तेढुङ्गा –१ देवस्थान स्थित बुवा खोला पक्की पुलको २०८१ कार्तिक ६ गते शिल्यान्यास गरी काम सुरु गरेको उनले बताए ।

प्रदेश भवन ऐन २०७६ लाई संसोधन गर्न बनेको बिधेयक २०८१ को प्रारम्भिक संसोधन मस्यौदा तयार गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रायका लागि पेश गरेको उनले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.