विराटनगर महानगरपालिका १२ का वडाध्यक्ष पक्राउ

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ८, सोमबार २१:४५

विराटनगर । बैंकिङ कसुर आराेपमा विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् । बैकिङ्ग कसुर आराेपमा आज साेमबार करिब ४ बजे पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का वडाअध्यक्ष अनिलकुमार ठाकुरका बुबा गुरुदयानन्द ठाकुरको जाहेरीका आधारमा पक्राउ परेका हुन् ।

बैकिङ्ग कसुर आराेपमा मंसिर २५ गते मोरङ अदालतले  पक्राउ पूर्जी जारी गरेकाे थियाे । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेकाे थियाे ।

-यसअघि वडाध्यक्षका बुबाकाे जाहेरी हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएकाे छ : स.

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.