भारतीय गायक सोनु निगम काठमाडौंमा, हायात मैदानमा प्रस्तुति दिने

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष १०, बुधबार १६:०१

काठमाडाैं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौँ पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौँ पुगेका हुन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको आयोजक नेपाली–टच नेपालले जनाएको छ । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् ।

‘क्रिसमस डे’को अवसर पारेर सोनुको काठमाडौँमा कन्सर्ट तय गरिएको आयोजकले जनाएको छ । कन्सर्टमा १० हजार दर्शकको सहभागिता हुने दाबी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×