
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक तय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनय, आगामी केन्द्रीय समिति बैठक तयारी र विविध विषयमा छलफल हुनेछ ।
रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि दोस्रोपटक सचिवालय बैठक बस्न लागेको हो । यसअघिको बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।

























