ग्रामथानमा कर्मचारी र जनप्रतिनिधिबीच विवाद : प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्षले सोधे स्पष्टिकरण

Share this
619shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १४, आइतबार २०:४१

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद बढेकाे छ ।

अध्यक्ष नमोनारायण माझी र प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलबीच प्रहरीलाई लेखेकाे पत्रकाे विषयमा विवाद भएकाे हाे । विवाद बढेपछि अध्यक्ष माझीले पाैडेललाई  स्पष्टीकरण पत्र नै काटेका छन् ।

गैरकानुनी उत्खनन् रोक्न सहयोग माग्दै प्रहरीलाई पत्र लेखेका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलसँग पालिका प्रमुख नमोनारायण माझीले स्पष्टीकरण सोधेका हुन् ।

माझी गत उपनिर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका थिए । माझीले प्रहरीलाई पत्र लेख्नुपर्ने कारणबारे पाैडेलसँग स्पष्टीकरण मागेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई लेखेको पत्रमा भनिएको छ,‘ग्रामथान गाउँपालिका वडा नं.२ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’

पुस ११ मा अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको भन्दै प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोधेका हुन् । अध्यक्षले मागेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१–०९–०८ गतेको दिन चं‍. नं. १०१५, मिति २०८१–०९–०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो ? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ।’

पालिकाले सहयाेग माग्नुअघि पालिका उपाध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधिको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा जथाभावी उत्खनन् गरेको भेटिएको थियो ।

गाउँपालिका अध्यक्ष माझीले नहर र पैनी छेउमा अवैध उत्खनन् भएको विषयमा आफ्नो विमति नभए पनि आफू काठमाडौं भएका बेला प्रहरीलाई पत्र काटिएको र त्यसबारे जानकारी नदिएकाले स्पष्टीकरण मागेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.