नवनिर्वाचित जनप्रतिनिधिको उदण्डता : कानुनविपरीतको कामलाई प्रोत्साहन

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १६, मंगलबार २१:३९

 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले अवैध उत्खननलाई प्रोत्साहन गरेका छन् ।

ग्रामथान – २ मा भएको अवैध उत्खनन रोक्न प्रमुख प्रशासकीय  अधिकृतले पत्रचार गरेपछि अधिकृतलाई नै स्पष्टिकरण सोधेका माझीले अवैध उत्खननलाई प्रोत्साहन गरेका हुन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले उत्खनन गर्न पाउनुपर्ने बताए । पत्रकार सम्मेलनमा पत्रकारले ‘अवैध उत्खनन जारी राख्नुपर्छ भन्ने कुरा हो ? भनि प्रश्न गरेका थिए । जवाफमा माझीले भने,‘ अ त्यो जारी राख्नुपर्छ ।’

‘व्यापारीले बढी खन्दिने, वाटर ड्रेन विगार्दिएर भदौमा टुट्यो भने हाम्रै जनताले दुःख पाउने हो नि,’ उनले भने,‘ बैधानिक होस् या अवैधानिक, वाटरफोर्स नहरको भत्काउनु भएन ।’ उनले गलत कार्य रोक्ने बताउँदै सिचाईको टोलीसँग पनि छलफल गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेर ग्रामथान गाउँपालिका वडा नं– २ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्दै गैरकानूनी उत्खनन् रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको भन्दै पुस ११ गते प्रशासकीय अधिकृत पौडेललाई स्पष्टिकरण सोधेका थिए ।

ग्रामथान गाउँपालिका –२ मा अवैध रुपमा भइरहेको माटो उत्खननबारे आफू नभएको बेलामा सल्लाहसमेत नगरी प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई पत्राचार गरेकाले स्पष्टीकरण सोधिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.