कांग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १६, मंगलबार २२:११

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टी कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने बताएका छन् ।

नेपाली कांग्रेस मोरङले मंगलबार आयोजना गरेको ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं नेपाली कांग्रेस एकसय दिने अभियान समापन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो बनाउनका लागि कार्यकता एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकासका लागि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट एमालेबीचको गठबन्धनले निरन्तरता पाउनु पर्ने उनको भनाइ छ । नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरताका लागि दुई ठूला दलको गठबन्धन अपरिहार्य रहेको बताए । विपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डाक्टर डिला संग्रौला र भीम पराजुली, नेता अमृत अर्याल, वसन्त भट्टराई, हसन अन्सारीलगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.