इटहरीमा राजावादीलाई भेला गरेर भीम रावलले भने,‘ गणतन्त्र हाम्रो एजेण्डा होइन’

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २१, आइतबार १०:५३

विराटनगर । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले राजावादीलाई भेला गरेर गणतन्त्र र धर्मनिरपेक्षा एक्कासी आएको बताएका छन् । इटहरीमा राजावादी पक्षलाई भेला गरेर २०६२/०६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरेका छन् ।

उनले आफूपनि राजावादी भएको संकेत गरे । ‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यही अन्तरगत म पहिलोचोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२/०६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, र्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’

‘हामीले चाहिँ संगठन गर्ने, अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरियो,’ उनले भने, ‘जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरुले ठयाक्कै आएर छिराए ।’

जनआन्दोलन कोशी नदी जस्तै उर्लिएर आएपछि राजंस्था ढलेको उनको भनाई थियो । अहिले अवस्थालाई परिवर्तनका लागि दुई वटा विकल्प रहेको उनले बताए । आफू राजनीतिशास्त्रको विद्यार्थी भएको र व्यवहारिक कुरा गर्ने बताउँदै रावलले भने, ‘जनताले एकजुट भएर निर्वाचनको माध्ययमबाट पूर्णरुपमा पराजित गर्नुपर्यो । ठूलो मात्रामा अरु मान्छेलाई जिताउनु पर्यो र संविधानदेखि कहाँकहाँ परिवर्तन गर्नुपर्ने हो ।’

हिजो झापामा ‘नेकपा एमाले जिन्दावाद, भोट केमा हलोमा’ भन्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘अब यस्तो स्थितिमा यस्ता खालका चरित्रका पात्रहरुको हातमा यो चिज (सत्ता_ भएकाले यसलाई समाप्त गर्नका लागि निर्वाचन प्रणाली एउटा महत्वपूर्ण प्रणाली हो, निर्वाचनको माध्यमबाट मात्रै यो सबै हुन्छ कि हुँदैन मलाई अलिक शंका छ, जनता अलिक परिचालित हुनुपर्ला ।’

एमालेबाट निकालिएका रावललाई शनिबार विराटनगर विमानस्थलमा राजावादी पक्षधरले रावललाई स्वागत गरेका थिए । उनी सुनसरीको भरौलामा आयोजित भेट्रान फुटबल प्रतियोगिता उद्घाटन गर्न आएका थिए । तर, नेकपा एमालेको दबावमा प्रतियोगिता दुई दिन पछि सरेको थियो । त्यसपछि भरौलामा समर्थक भेटघाट गरेर उनी फर्किएका थिए । इटहरीमा उनले विभिन्न पक्षसँग छलफल गरे । आज पनि उनी छलफलमै छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.