पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा एमाले परित्याग

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २१, आइतबार ११:०७

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सत्तारुढ नेकपा (एमाले)बाट अलग भएका छन् । नेपाल प्रहरीका पूर्वप्रमुख खनालले एमाले परित्याग गरेका हुन् ।

एमालेबाट दुई पटकसम्म टिकट लिएर चुनाव लडेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै पार्टीसँग आबद्ध नरहेको उल्लेख गरेका छन् । ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन,’ खनालले लेखेका छन् ।

आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको दाबी उनको छ । ‘राष्ट्रघाती दोषीहरुलाई कानुनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु,’ खनाल भन्छन् ।

यसअघि एमालेबाट टिकट पाएर दुई पटकसम्म प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका उनी पछिल्लो समय पार्टीमा निष्कृय थिए । एमालेबाट निष्कृय भइसकेको र नयाँ बाटोका बारेमा सोचिनसकेको खनालको भनाइ छ ।

खनाल २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको प्रमुख (आईजीपी) थिए । सेवाबाट अवकाश पाइसकेपछि उनी २०७९ असोज ६ गते औपचारिक हिसाबले एमाले प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएको २ महिनामै उनले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए ।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल १४ हजार २ सय ४ मत ल्याएर निर्वाचित हुँदा खनाल निकटतम प्रतिद्वन्द्वी बने । खनालले ८ हजार ९ सय ११ र तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८ सय ५ मत पाएका थिए ।

उपनिर्वाचनमा पनि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट खनालले टिकट पाए । त्यहाँबाट पनि रास्वपा नेता स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ र तेस्रो भएका एमाले उम्मेदवार खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.