वैकल्पिक शक्ति निर्माणमा जुटिसकें : भीम रावल

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २१, आइतबार १९:१३

विराटनगर । नेकपा (एमाले)बाट कारबाहीका परेका नेता डा. भीम रावलले आफू कुनै दलमा नलागी नयाँ वैकल्पिक शक्ति निर्माणमा लागेको बताएका छन् ।

एमालेबाट निकालिएपछि देश दौडाहमा रहेका नेता डा. रावलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी वैकल्पिक शक्ति निर्माणमा जुटिसकेको बताएका हुन् । अहिले देशमा रहेका कुनै पनि पार्टीमा आफू नलाग्ने बरु देशभक्तहरूको नयाँ पार्टी गठनमा जुटिसकेको उनले बताए ।

नयाँ पार्टी कहिले घोषणा गर्ने भन्ने विषयमा कुनै टुंगो नभए पनि हाल मातृभूमि जागरण अभियानमा जोडेर देशैभर संगठन निर्माणमा जुटेको बताउँदै, डा. रावलले भने, ‘हाललाई सम्पूर्ण देशभक्तहरूलाई मातृभूमि जागरण अभियानमा समेटेर देशैभर संगठन निर्माण गर्दै लैजाने र उपयुक्त समयमा पार्टीमा रुपान्तरण गर्ने गरी अघि बढ्ने छु ।’

डा. रावलले अब कम्युनिष्ट पार्टी नभई सबैलाई समेट्ने पार्टी गठन गर्ने तयारी रहेको बताए । दक्षिण पन्थी वामपन्थी भनेर कित्ताकाट गर्ने तर, आफ्नो स्वार्थमा जुन–जुन पार्टीसँग पनि मिल्ने र पदमा पुग्ने प्रवृत्ति उचित नभएको उनले बताए ।

केपी ओलीहरूले कांग्रेससँग, जनमतसँग मिलेर प्रधानमन्त्री हुन हुने मैले चाहिँ देशको हितमा देशभक्तहरूलाई समेट्न नहुने भन्ने हुँदैन भन्दै, डा. रावलले भने, ‘अहिलेका दलहरूको विकल्पका रुपमा वैकल्पिक शक्ति निर्माणका लागि अघि बढेकाले अब, वामपन्थी, दक्षिणपन्थी भनेर घोषणा गर्ने छैन ।’

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.