
काठमाडौं । काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारबाट सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्नेछ ।
बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए । बैठकमा प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए ।
आज प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल हुनेछ । प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । धारणा राख्नका लागि ३–३ मिनेटको समय छुट्याइएको छ ।

























