
पर्सा । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्सामा एक जना वृद्धाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परेर अन्य २ जना घाइते भएका छन् ।
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा जलेर कुश्मा नगरपालिका–१० पीपलटारीकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर ५२ वर्षीय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका छन् ।
ग्यास सिलिन्डर परिवर्तन गर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा जलेर वृद्धाको मृत्यु भएको जानकारी प्रहरीले जनाएको छ । घटना भएका बेला वृद्धा पौडेल दूध लिन रेग्मीको घरमा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगलागीमा परेर घरधनी रेग्मी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि पोखरा लगिएको छ । स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
आगोले जलेर रेग्मीको घरमा क्षति पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।























