माओवादी केन्द्रको बैठक : प्रचण्डलाई पनि उत्पादन जाेडिन आग्रह

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २२, सोमबार १९:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।

आइतबारबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार ८० जना सदस्यले धारणा राखेका हुन् । धारणा राख्ने क्रममा नेताहरुले अध्यक्ष प्रचण्डलाई पनि महिनामा तीन दिन उत्पादन मुलक कार्यमा खटिन आग्रह गरेका छन् ।

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार केन्द्रीय सदस्यहरुले सबै नेतालाई उत्पादनमा जोड्नु पर्ने धारणा राखेका हुन् ।

‘अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ भन्ने छ,’ उनले भने,‘ कम्तिमा महिनामा तीनपटक अध्यक्ष पनि खटिनुपर्ने प्रस्ताव आएको छ ।’

बैठकमा पार्टीका विभागहरूलाई प्रभावकारी बनाउने कुरा उठेको उनले बताए । उनका अनुसार भोलि पनि केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.