कोशीका सभामुखले बुझाए मुख्यमन्त्रीलाई घोषणापत्र

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार १३:२७

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले अन्तरव्यवस्थापिका मञ्च, नेपालको १० औं सम्मेलनको घोषणापत्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सभामुख विष्टले बुधबार घोषणापत्र बुझाएका हुन् । घोषणापत्रमा संघीयता र संविधान कार्यान्वयनदेखि संसदको आफ्नै च्यानल हुनुपर्नेसम्मका विषय उल्लेख छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा पुस १ देखि ३ गतेसम्म भएको प्रदेश र प्रतिनिधिसभाका सभामुख एवं उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षहरूको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको थियो । सम्मेलनले संघीयता र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सातवटा महत्त्वपूर्ण प्रतिबद्धताहरू सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा संघीयता र संविधान कार्यान्वयनका लागि तीनवटै तहको कानुन निर्माणमा समन्वय हुनुपर्ने, कानुन कार्यान्वयन र विधायिकी परीक्षणको कार्यलाई प्रभावकारी बनाउनुपर्ने, संसदीय बजेट कार्यालयको स्थापना र संसदीय गतिविधिहरूको प्रसारणका लागि संसदको आफ्नै च्यानल र डिजिटल प्लेटफर्म नीति प्रयोगशाला सञ्चालन गर्नेलगायतका विषय उल्लेख छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.