माघ १ गतेबाट कोशीमा एमालेको तीन महिने अभियान

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २९, सोमबार १८:०४

विराटनगर । माघ १ गतेबाट नेकपा एमाले कोशी प्रदेश कमिटीले जरा केन्द्रीत अभियान सुरु गर्र्दैछ । वडा र टोल तहमा पार्टी संगठनलाई बलियो बनाउनका लागि एमालेले जरा केन्द्रीय अभियान सुरु गर्ने एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।

उनका अनुसार तीन महिनासम्म सञ्चालन हुने अभियनमा नेताहरु टोलटोल पुग्नेछन् । यो अभियानमा भूगोलबाट प्रतिनिधत्व गर्ने केन्द्रीय कमिटी सदस्यहरु खटिनेछन् । प्रदेश कमिटी र जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरु पनि आफ्नो क्षेत्रमा खटिनेछन् ।

‘वडा र टोल केन्द्रीत अभियानमा भूगोलमा उपलब्ध केन्द्रीय सदस्य आफ्नो क्षेत्रमा खटिनेछन्,’ उनले भने,‘ अभियानको उदेश्य जनताको घर–घर पुगेर पार्टीको जरा दह्रो बनाउने हो ।’

जरा केन्द्रीत अभियान अघिको बैठकमा तयारीका लागि आइतबार प्रदेश स्तरीय छलफल गरेको थियो ।

छलफलमा प्रदेश कमिटीका २सय ५७ जना, पार्टीको भूगोलमा रहेका केन्द्रीय कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारीहरु सहभागी थिए ।  एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष गुरु बराल, एमालेपार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायतले पार्टीलाई दह्रो बनाउनका लागि जरा केन्द्रीत अभियान सञ्चालन गर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.