पर्वले सामाजिक र सांस्कृतिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार ०७:५१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्वले सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् ।

माघे संक्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गर्ने उनको भनाइ छ । माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा आज (मंगलबार) शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले पर्वहरुले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने उल्लेख गरे । ‘हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबीच एकता बढाउँदै यो पर्वले सम्वृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु । कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध छ,’ उनले भने ।

माघे संक्रान्तीकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाई समृद्ध बनाएको समेत उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.