मधेश केन्द्रित दलको बैठक : संविधान संशोधनका लागि साझा धारणा बनाउने प्रयास

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १, मंगलबार १९:२३

काठमाडौं । मधेश केन्द्रित ६ दलका नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन तयारी गरेपछि मधेशका मुद्दामा साझा धारणा बनाउने र मोर्चा गठन गर्ने भन्दै बोलाइएको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकमा सहभागी नेताहरुले आ–आफ्नाे  दलमा छलफल गरी मोर्चा निर्माणको खाका,उद्देश्य र साझा एजेन्डा तय गर्न फेरि बैठक बस्ने बताएका छन् ।

मधेश केन्द्रीत दलहरु एकै ठाउँमा उभिनेगरी छलफल भएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए ।

आजको बैठकको संयोजन हृदयश त्रिपाठीले गरेका थिए ।

बैठकमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चालगायत दलका नेता सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.