
काठमाडौं । आगामी माघ १६ गते समाजवादी मोर्चाले काठमाडौंमा सभा गर्ने भएको छ ।
बुधबार बसेको मोर्चाको बैठकले काठमाडौंमा सभा गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।
उनका अनुसार बैठकमा माेर्चाकाे अवस्था सुस्त भएको विषयमा पनि समिक्षा भएको बताए । बैठकले माेर्चालाई सक्रिय बनाउने निर्णय पनि गरेको बताए ।

























