
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीलाई बोलाएका छन् ।
छलफलका लागि उनले आफ्नो निवास निवास बूढानीलकण्ठमा बोलाएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका १० जना मन्त्री र दुई जना राज्यमन्त्री छन् ।
बैठकमा मन्त्रीहरूले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ ।

























