
विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले प्रवक्ताको जिम्मेवारी सचिवालय सदस्य राम पोखरेललाई दिएको छ ।
महानगरको बैठकले प्रचार तथा प्रकाशन विभागको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिएको हो । पोखरेल विराटनगर महानगरपालिका ८ नम्बरका वडाध्यक्ष हुन् ।
बैठकले महानगरको ५ वटाको अधिवेशन आयोजक कमिटीसमेत गठन गरेको छ । एक महिनाभित्र ३, ७, ९, १४ र १५ वडाको अधिवेशन सम्पन्न गर्नेगरी आयोजक कमिटी गठन गरेको महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाले जानकारी दिए ।

























