
काठमाडौं । जनतालाई सेवा दिनका लागि सरकारले कानूनमा संशोधन गर्न अध्यादेश ल्याएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले संसद खुलेपछि अध्यादेश पेश गर्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी १५ दिनपछि हुने संसद अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जानकारी दिए ।
उनले भने, ‘जनतालाई सेवा दिन र व्यवसायीलाई सकारात्मक सहयोग गर्न हामीले अध्यादेश ल्याएका हौं । कतिपयले अध्यादेशले शासन गर्न खोज्यो भनेर विरोध गर्न खोजेका छन् । १५-२० दिनभित्र संसद आइसक्छ, त्यहाँ पेस गर्छौं, छलफल गर्छौं र अगाडि बढाउँछौं । हामी दुई महिनाभित्र टुंगो लगाइसक्छौं । महत्वपूर्ण कुरालाई दुई महिना कुर्न सक्दैनौं । काम गर्न कानून फेरेरै अगाडि बढ्छौं ।’

























