ग्रामथान पुगेर प्रचण्डले भने,‘धेरै सम्झेर आएका छौँ, तपाईहरुले २०६४ सम्झिदिनु होला’

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ५, शनिबार १७:०७

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा पार्टीलाई २०६४ कै अवस्थामा पुर्याउन अपिल गरेका छन् ।मोरङको ग्रामथानमा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गत मंसिर १६ को उपनिर्वाचनमा ग्रामथानबासीले माओवादी केन्द्रलाई ठूलो गुण लगाएको बताउँदै उनले अब आउने चुनावमा २०६४ कै अवस्थामा फर्काउन आग्रह गरे ।

‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं,’उनले भने,‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।’

सरकारकाे काम : चाेरलाई चाैताराे, साधुलाई सुली

वर्तमान सरकारले चोरलाई चौतारो र साधुलाई सुली भन्ने उखानसँग मिल्ने गरी काम गरिरहेकाे आराेप उनले लगाए । उनले यो उखान प्रयोग गर्नुअघि नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको नाम लिएका थिए ।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको बताउँदै उनले अहिलेको सरकारले घिसिङलाई लखेटिरहेको बताए ।

‘नेपालकै सबैभन्दा काविल अफिसर कुलमान घिसिङ,देशकै सम्पति हो कुलमान भन्थे कांग्रेसका वरिष्ठ नेता, उनलाई नेतृत्वमा ल्याएपछि र मेरो नेतृत्वको सरकारले जनार्दन शर्मालाई उर्जामन्त्री बनाएपछि लोडसेटिङबाट मुक्त भयो नेपाल,’ उनले भने,‘अहिले हेर्नुहुन्छ भने कुलमान घिसिङलाई दिनदिनै सताएको छ, अत्याएको छ, भनेपछि चोरलाई चौतारो साधुलाई सुली भनेको यहीँ होइन त ।’

घाटामा गएको प्राधिकरणलाई करिब ५० अर्ब हाराहारी नाफामा पुर्याएपछि दलालहरुलाई सह्य नभएपछि सरकारले लखेटिरहेकाे आराेप लगाए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.