सुनसरी जिविसका पहिलो सभापति रामबहादुर बस्नेतको निधन

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १२:५३

सुनसरी । तत्कालीन जिल्ला विकास समिति (जिविस) सुनसरीका पहिलो सभापति एवं नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति ७८ वर्षीय रामबहादुर बस्नेतको आज (सोमबार) बिहान निधन भएको छ ।

बस्नेतको निधन काठमाडौंस्थित निवासमा भएको कांग्रेसले जनाएको छ । उनी २ पटक कांग्रेस सुनसरीको सभापति भएका थिए । १० औं र ११ औं महाधिवेशनबाट उनी पार्टीको जिल्ला सभापति भएका हुन् ।

प्रजातन्त्र स्थापनापछि २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनबाट बस्नेत जिविस सुनसरीको सभापति भए । उनी जिविस सुनसरीका पहिलो सभापति हुन् । मुलुक संघीयतामा गएसँगै अहिले जिल्ला समन्वय समिति (जिसस) छ ।

सुनसरी कांग्रेसले नेता बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति केदार भण्डारी, प्रवक्ता तथा सचिव वीरेन्द्रकुमार साह र माधव घिसिङले शोक वक्ताव्य जारी गरेर दुःख व्यक्त गरेका हुन् ।

बस्नेतको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार पार्टी कार्यालय इनरुवामा राखिने भएको छ । ३ दिनसम्म अर्थात माघ ७, ८ र ९ गते सुनसरी जिल्लाअन्तर्गतका सबै वडा कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेसले जनाएको । कांग्रेसका अनुसार १३ औं दिनसम्म सबै तहमा शोक पुस्तिका राखिने र शोकसभा आयोजना गरिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.