संविधान संशोधनको छलफल प्रारम्भ भइसकेको छ : गृहमन्त्री

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १५:०८

विराटनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको छलफल प्रारम्भ भइसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानमा संशोधन गर्नुपर्ने विषयवस्तु तथा संविधानका सबल र दुर्बल पक्षको पहिचान गर्ने प्रक्रिया सुरु भइसकेको बताए । सबै कुराको पहिचान भइसकेपछि संशोधनका बारेमा थप छलफल हुने लेखकले बताए ।

संविधान संशोधनका लागि सबै राजनीतिक दलका बीचमा वार्ता, संवाद र सहमति गरिने उनको भनाइ छ । संविधानका सबल र दुर्बल पक्षको पहिचानपछि सबै दलसँग सहमति गरेर संशोधनको वैधानिक प्रक्रिया प्रारम्भ गरिने लेखेकले बताए । ‘संविधान संशोधनको विषय चरणबद्ध रूपमा अगाडि बढ्छ,’ उनले भने, ‘त्यसका लागि सबै दलसँग छलफल प्रारम्भ भइसकेको छ ।’

सरकारले ल्याएको अध्यादेशका बारेमा कुनै पनि विवाद नरहेको गृहमन्त्री लेखकको दाबी छ । ‘सुशासनको प्रत्याभूति दिलाउन, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा देशभित्रै आर्थिक र व्यावसायिक गतिविधिलाई बढाउनका निम्ति कानुनमा भएको झन्झटलाई समाप्त पार्न अध्यादेश ल्याइएको हो,’ उनी भन्छन्, ‘यसले व्यावसायिक र देशभित्र वैदेशिक लगानीका लागि वातावरण बनाउन सहयोग गर्छ ।

लेखकले आज बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्ने जानकारी पनि दिए । संसद अधिवेशनको पहिलो दिन नै अध्यादेशलाई प्रस्तुत गरिने र पारित गर्नतर्फ लाग्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षको अवस्था मजवुत बनाउन सरकारले काम गरिरहेको बताए । ‘अपराध गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ । कुनै घटना क्षम्य र स्वीकार्य हुँदैन,’ उनले भने, ‘विभिन्न घटनाको अनुसन्धान एवं छानबिन भइरहेको छ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री (उद्धव थापा)माथि भएको आक्रमणमा संलग्नलाई कारबाही हुन्छ ।’

सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्र हत्या गर्ने, समाजमा द्वन्द्व बढाउने तथा समाज र धर्म समुदायका बीचमा द्वन्द्व भड्काउन खोज्ने कुरा क्षम्य नहुने उनले बताए । तथ्यलाई गलत हिसाबले बाहिर ल्याउने तथा विदेशमा बसेर पनि भ्रामक प्रचार गर्नेविरुद्ध कारबाही हुने गृहमन्त्री लेखकको भनाइ छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.