संयन्त्रप्रति असन्तुष्ट आङ्बाे

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १६:१५

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले राजनीतिक संयन्त्रले मुख्यमन्त्रीलाई निरिह  बनाएकाे बताएका छन् । संसद र सरकारले नचिनेको संयन्त्रले सरकारलाई बजेट पुनरावलाेकनका लागि  निर्देशन दिएकाे विषय उल्लेख गर्दै उनले यस्ताे बताएका हुन् ।

छैठौं प्रदेशसभा बैठकको पहिलो बैठकमा बोल्दै उनले  भने,‘ मुख्यमन्त्रीलाई छेउमा निरिह बनाएर जनताबाट पराजित, सरकारको र संसदको कुनै पनि संरचनाले नचिन्ने व्यक्तीले बजेटको पुनरावलोकनको कुरा उठाउनु भनेको गम्भीर विषय हो ।’

‘सदनले नचिनेको, सरकारका कुनै सम्यन्त्रले नचिनेको जनताबाट पराजित व्यक्तीले संसदको र सरकारको मानहानी हुनेगरी गरको कुरा कम्तीमा यो प्रमुख प्रतिपक्षी दललाई मान्य छैन,’ उनले भने,‘ …. यो संसदलाई मान्य हुँदैन ।’

केहीदिनअघि प्रदेशका दुई ठूला दल कांग्रेस एमालेको सम्यन्त्रले बजेट पुनरावलोकन गर्ने बताएको थियो । यो संयन्त्रमा एमालेबाट पूर्वमुख्यमन्त्री तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई र एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् । उनीहरु दुवै २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.