झापा घटना बारे उद्धव थापा : नढाँटी भन्नुपर्छ, ‘म पनि २–४ मुक्का लगाउने हिसाबमा थिएँ’

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १७:०२

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि शनिबार झापाको सुरुङ्गामा आक्रमण भयो । बेलुका नेपाल विद्युत प्राधिकरणका कर्मचारीले उनलाई आक्रमण गरेका थिए । आक्रमणबाट उनको निधारमा चोट लागेको छ । घटनामा संलग्न दुई जनालाई पक्राउ गरी प्रहरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

सोमबार प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाले आफूमाथि आक्रमण भएको विषय उठाए ।

आफुमाथि योजनावद्ध रुपमा आक्रमण नभएको बताउँदै उनले सुरक्षाको विषयमा प्रदेश संवेदनशील बन्नु पर्ने बताए ।

‘यो कुनै नियोजित घटना होइन, कुनैले उदेश्य बोकेर घटना भएको होइन,’ उनले भने,‘ घरजना हतार थियो, अलिकति अगाडि जाउ, चाडै जाउ भनेर अगाडि बढ्न खोज्दा गर्दा मेरो चालकले हर्न बजाए, साइट माग्यो, म भन्दा अगाडि हिड्ने गाडीले साइट दिन चाहेन ।’

ड्राइभर्सनमा पुगेपछि गाडी रोकेको बताउँदै उनले सेक्युरेटीले भिआइपी छन् । साइड किन नदिएको भन्दै आक्रमण भएको बताए । ‘भिआइपीलाई साइट दिनु भएन ठिकै छ, तर सडकमा त भिआइपी मात्रै होइन,अरु पनि हिड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्यरेटीलाई पन्छाएर मलाइ हानेको हो,’उनले भने,‘…..सदनलाई नढाटी भन्नुपर्छ, म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिए, तर मलाई साथीहरुले रोक्नुभयो ।’

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.