
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गतेका लागि संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन आह्वान गरेका हुन् ।


























