
विराटनगर । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज (बुधबार) दिउँसो बस्दैछ ।
दिउँसो २ बजे बस्ने बैठकमा तीनवटा विषय कार्यसूचीमा छन् । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा प्रदेश बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेवल हुनेछ । त्यस्तै, प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेस हुनेछ ।
मुख्य न्यायाधीवक्ताको काम कर्तव्य, अधिकार सेवाको अन्य सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । कार्यसूचीमा प्रवेश गर्नुअघि शून्य समयमा सांसदहरुले आफ्ना धारणा राख्ने छन् ।

























