
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार १ लाख ५९ हजार ६ रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य शुक्रबार प्रतितोला १ हजार रूपैयाँले बढेर १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य पनि बढेको छ । मूल्य प्रतितोला ५ रूपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार १ हजार ८ सय ७५ रूपैयाँ थियो ।

























